सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु « Khabarhub

सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– स्थानीयले अवरुद्ध गरेको राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर सर्लाहीमा १ जनाको मृत्यु भएको छ ।

खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको थिए । प्रहरीले अवरुद्ध राजमार्ग खुलाउन थालेपछि स्थानीय ढुङ्गा–मुढा प्रहारमा उत्रिएका थिए ।

झडपलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले हवाइ फायर गर्दा १ जनाको मृत्यु भएको हो । झडपमा अन्य ४ जना स्थानीय घाइते भएका छन् । घाइते भएका ४ जनालाई पनि गोली लागेको स्थानीयको भनाइ छ ।

स्थानीय बाँके खोलामा गिट्टी–बालुवा निकाल्दा बनेको खाल्डोमा डुबेर स्थानीय लाले रायका छोरा अमित रायको मृत्यु भएको थियो ।

स्थानीयले गिट्टी बालुवा उत्खनन् गर्ने ठेकेदारलाई कारबाही तथा मृतक परिवारलाई क्षतिपूर्तिका माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए ।

राजमार्गको अवरोध हटाउँदा प्रहरीको गोली लागेर सर्लाहीको ईश्वरपुर–१३ का २९ वर्षीय केवल महतोको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ५ : २० बजे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको