स्वास्थ्य सेवाका कर्मचारीको समायोजनसँगै पदस्थापन शुरु, महाशाखा र विभागका प्रमुख हेरफेर « Khabarhub

स्वास्थ्य सेवाका कर्मचारीको समायोजनसँगै पदस्थापन शुरु, महाशाखा र विभागका प्रमुख हेरफेर


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि सकसका रुपमा रहेको स्वास्थ्य सेवाका कर्मचारीकाे समायोजन प्रक्रिया अघि बढेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई समायोजनको पत्रसँगै पदस्थापन भएको पत्र पनि दिन शुरु गरेको छ ।

स्वास्थ्य सेवाका कर्मचारीले तालुकदार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समायोजन र पदस्थापनको पत्र बुझ्न थालेका छन् । मन्त्रालयले अहिले स्वास्थ्य सेवाका ११ औं र १२ औं तहका कर्मचारीलाई समायोजन पत्र दिन शुरु गरेको हो ।

समायोजनसँगै कर्मचारीको पदस्थापन शुरु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभागका कर्मचारीहरु हेरफेर भएका छन् ।  स्वास्थ्य मन्त्रालयले समायोजन पत्र वितरण शुरु गरेसँगै मन्त्रालय र विभागको कर्मचारीको जिम्मेवारी पनि परिवर्तन भएको छ ।

समायोजनमा स्वास्थ्य मन्त्रालयले मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । यस्तै विभागमा रहेका निमित्त महानिर्देशक डा. गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगरमा पदस्थापन गरेको छ ।

यस्तै, औषधि व्यवस्था विभागका महानिर्देशक नायारयण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिइएको छ भने विभागमा पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय तालिम केन्द्रमा मोहम्मद दाउदलाई निर्देशकको जिम्मेवारी दिइएको छ भने सार्क क्षयरोग केन्द्रमा डा रमेश खरेलले जिम्मेवारी पाएका छन् ।  विभागकै व्यवस्थापन महाशाखाको जिम्मेवारी भोगेन्द्रराज डोटेलले पाएका छन् भने नरदेवी आयुर्वेद अस्पतालको निर्देशकमा डा प्रदीप केसीलाई पदस्थापन गरिएको छ ।

यस्तै, परिवार कल्याण महाशाखाका निर्देशक डा आरपी बिच्छालाई कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ भने महाशाखामा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भीमसिंह तिंकरीलाई जिम्मेवारी दिइएको छ । यस्तै, केन्द्रमा धवलागिरी अञ्चल अस्पतालका मेसु डा सागरराज भण्डारीलाई जिम्मेवारी दिइएको छ ।

पदस्थापनको पत्र दिन थालिए  पनि मन्त्रालयका समन्वय महाशाखाका प्रमुख तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा दीपेन्दैरमण सिंह, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटा र आयुर्वेद तथा वैकल्पिक विभागको महानिर्देशक डा बासुदेव उपाध्यायको भने जिम्मेवारी यथावत रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ६ : १४ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ