वैदेशिक रोजगार ठगी मुद्दामा कारागार चलान « Khabarhub

वैदेशिक रोजगार ठगी मुद्दामा कारागार चलान


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ ।

ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७५ असार २६ को फैसलाअनुसार दोषी ठहर सुनाइएकी पाल्पाकी टीकाकुमारी थापालाई आइतबार महाराजगञ्जबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले वैदेशिक रोजगारी ठगी मुद्दामा नमिता देवले दिएको जाहेरीका आधारमा थापालाई पक्राउ गरिएको जानकारी दिए ।

“थापाले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र विना नै आकर्षक रोजगारी दिलाइदिने भन्दै रकम ठगी गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता रेग्मी भने । पक्राउ थापालाई अदालतले एक वर्ष ६ महीना कैद र रु एक लाख ५० हजार जरिवाना सुनाएको थियो ।

पक्राउ थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशानुसार कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ८ : ३० बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको