बोरिङको पानीले रोपाइँ महोत्सव « Khabarhub

बोरिङको पानीले रोपाइँ महोत्सव


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कञ्जुवारमा बोरिङको पानीले रोपाइँ महोत्सव गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कञ्जुवारमा डिप बोरिङको पानी जम्मा गरी रोपाइँ महोत्सव गरिएको बताए । तुलसीपुर उपमहानगर कृषि शाखाका कुलराज चौधरीका अनुसार आजसम्ममा आधा रोपाइँ भइसक्नुपर्नेमा पानी नपर्दा न्यून रुपमा धान रोपाइँ गरिएको छ ।

“सिँचाइको निकै समस्या छ, डिप बोरिङ, लिफ्टिङ र स्यालो ट्युवेलमार्फत रोपाइँ गर्न थालेका छौँ”, उनले भने । अधिकांश खेतमा आकासे पानीको भरमा धान रोपाइँ हुने गरेको छ । जिल्लामा ३९ हजार हेक्टर जग्गा धान उत्पादनका लागि उपयुक्त छ ।

गत वर्ष करीब ३७ हजार हेक्टरमा मात्रै धान रोपाइँ गरिएको थियो । तीस ३० हजार हेक्टर जग्गामा आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ८ : ४९ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा