पत्याउनुहुन्छ, चीनमा चट्टानबाटै निस्किन्छ अण्डा ! « Khabarhub

पत्याउनुहुन्छ, चीनमा चट्टानबाटै निस्किन्छ अण्डा !


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा विचित्रका ठाउँ छन् । विचित्रका घटनाहरु पनि घटिरहेका हुन्छन् । केही घटनाहरुले मानिसलाई निकै अच्चमित र आश्चर्यचकित बनाउँछन् ।

छिमेकी मुलुक चीनमा एउटा अचम्मको चट्टान छ, जसले अण्डा पार्छ भन्दा जो कोही लाई पत्याउन मुस्किल पर्छ । दक्षिण पश्चिमी प्रान्त गिझोउमा रहेको चट्टानले हरेक ३० वर्षमा अण्डा पार्ने गरेको बताइन्छ ।

२० मिटर अग्लो तथा ६ मिटर चौडा त्यो चट्टानको नाम ‘चन दन या’ हो । यसको अर्थ अण्डा पार्ने चट्टान भन्ने हुन्छ । यसको रङ कालो रहेको छ । हरेक ३० वर्षमा यो ढुंगाबाट एउटा अण्डा आकारको सानो ढुंगा निस्कने गरेको स्थानीयबासी बताउँछन् ।

यो अण्डा पार्ने चट्टान चीनमा एउटा रहस्यको रुपमा रहेको छ । स्थानीयवासीहरु यो अण्डा पार्ने चट्टानलाई खुसीको प्रतीक मान्छन् । यो चट्टानबाट निस्किएको अण्डा आकारको ढुङ्गा भुइँमा खसेसँगै मानिसहरुले आफ्नो घरमा लैजान्छन् ।

वैज्ञानिकहरुका अनुसार यो चट्टान ५० करोड वर्ष पुरानो हो । पृथ्वीको इतिहासमा क्याम्ब्रियन कालको चट्टान मानिन्छ यसलाई । विषम मौसमका कारण चट्टान खुम्चने र फैलिने कारणले चट्टानको आन्तरिक समीकरण तथा तत्वमा परिवर्तन हुँदा चट्टानको बाहिरी भागमा विभिन्न आकृतिका चट्टान निस्किने गरेको हुनसक्ने वैज्ञानिकहरु बताउँछन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : ३४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी