मुहान जोगाउन शुरु भयो पोखरी बचाउने अभियान, सुकेका धारमा कलकल पानी « Khabarhub

मुहान जोगाउन शुरु भयो पोखरी बचाउने अभियान, सुकेका धारमा कलकल पानी


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- गाउँघरमा पानीका मुहान सुक्न थालेपछि पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गर्न थालिएको छ । आकाशे पानी जम्मा गर्न ती पोखरी बनाउन थालिएका हो । यसरी पोखरी निर्माण गर्न थालिएपछि मूल सुकेका धारामा पनि कलकल पानी झरेको छ । पानीको स्रोत बचाइराख्न अछामको चौरपाटी गाउँपालिकामा आकाशे पानी जम्मा गर्न ससाना पोखरी निर्माण अभियान सञ्चालन गरिएको छ । यहाँ बासिन्दाले तीन दिनमै एक हजार दुई सयभन्दा बढी यस्ता पोखरी बनाएका छन् ।

गाउँपालिकाका सातवटै वडाका खाली जमिनमा पानी थिग्रने खाल्डाहरू तयार गरेर पानीको स्रोत बढाउने योजनासहित ती पोखरी निर्माणमा गाउँपालिका जुटेको हो । खेती लगाउने बाहेकको जमिनमा आकाशे पानी बग्न नदिई एक ठाउँमा थिगारेर राख्न खाल्डाहरू बनाउन थालिएको छ । ती खाल्डामा पानी सङ्कलनका लागि केही मिटर परबाट कुलो बनाएर ल्याइएकोे गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताए ।

गाउँपालिकामा रहेको खेतीयोग्य जमिनको सुक्खापन कम गरी उब्जनी बढाउने उद्देश्यले यस्तो पोखरीको अवधारणा ल्याइएको हो । पानीको स्रोत सुकेपछि समस्या भोगिरहेका स्थानीयवासी स्वस्फूर्त रूपमा पुनर्भरण पोखरी बनाउने अभियानमा जुट्न थालेका छन् ।

अध्यक्ष साउदले भने, ‘जनता स्वस्फूर्त रूपमा सामाजिक काम भन्दै पोखरी बनाउन लागेका छन् । हामीले दीर्घकालीन रूपमा जमिन सुक्खा नहोस् भन्ने उद्देश्यले रिचार्ज पोखरी बनाउन थालेका छौँ ।’ गाउँका महिला, पुरुष बिनापारिश्रमिक पोखरी निर्माण अभियानमा संलग्न छन् ।

पोखरी निर्माण गरी मुहान बचाउने अभियानका लागि नीतिगत निर्णय गरेर अभियान सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष माया कुँवरले बताए । यसअघि जिल्लामा हरेक वर्ष सरकारी र गैरसरकारी क्षेत्रबाट सिँचाइका योजनामा लाखौँ रुपियाँ खर्च हुने गरेको थियो ।

यस्ता पोखरी निर्माणले जमिन ओसिलो हुने भएकाले जलवायु परिवर्तन अनुकूलनसँगै उब्जनी वृद्धि, वनको विकास, वन्यजन्तुको संरक्षणसमेत हुने गरेको छ । रिचार्ज पोखरी निर्माणमा भएको जनसहभागिताले आफूलाई थप उत्साहित बनाएको अध्यक्ष साउदको भनाइ छ ।

अछाममा ‘पर्वतीय जलाधारहरूको जलवायु परिवर्तन समयानुकूलन आयोजना’ले पानीका मूल संरक्षण गरेर जलवायु परिवर्तनलाई अनुकूलन बनाउने प्रयास गरिरहेको छ ।

एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा सरकारले यो आयोजना सुरु गरेपछि स्थानीयवासी आआफ्नो गाउँमा आयोजना नपुगे पनि यस काममा जुटेका छन् । आयोजनाबाट यहाँ जलवायु परिवर्तनलाई अनुकूलन बनाउन ४२ वटा योजना निर्माण हुँदा दुई हजार पाँच सय परिवार लाभान्वित भएका छन् । गत दुई वर्षयता हालको मङ्गलसेन र साँफेबगर नगरपालिका, मेल्लेख, रामारोशन, चौरपाटी, बान्नीगढी, जयगढ गाउँपालिकामा आयोजनाले पानीका मुहानहरू संरक्षण गर्ने काम गरिरहेको छ ।

मुहान संरक्षणका लागि मुहान वरिपरि वृक्षरोपण गर्ने, मूलवरपर पोखरी निर्माण गर्ने, ससाना खाडल निर्माण गरी पानीलाई बग्नबाट बचाई पानीको पुनः प्रयोग बढाउनेलगायतका काम स्थानीयवासीको प्रत्यक्ष सहभागितामा सञ्चालन हुने गरेको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : ३० बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ