एक्सन रुम प्रभावकारी बनाउन आईपी क्यामेरा जडान हुँदै « Khabarhub

एक्सन रुम प्रभावकारी बनाउन आईपी क्यामेरा जडान हुँदै


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माण गरिएको ‘एक्सन रुम’बाटै अवलोकन गर्न राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन प्रणाली (आईपी क्यामेरा) जडान गरिँदै छ । क्यामरा जडान गरेपछि एक्सन रुम सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । एक्सन रुम कार्यान्वयनमा आएपछि राष्ट्रिय गौरवका आयोजनाको अवलोकन केन्द्रबाटै गर्न सकिने छ ।

प्रत्यक्ष अवलोकनमार्फत विकास आयोजनालाई थप तीव्रता दिन राष्ट्रिय गौरवका ११ वटा आयोजनामध्ये सातवटामा सो प्रणाली जडान गरी सञ्चालनमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले राष्ट्रिय गौरवका आयोजनाहरूमा स्थल अनुगमन प्रणाली जडान तथा सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । कुँवरका अनुसार राष्ट्रिय गौरवका ११ वटा आयोजनामध्ये बाँकी तीनवटामा सो प्रणाली जडान कार्य सम्पन्न भइसके पनि नेटवर्किङ समस्याका कारण सञ्चालनमा आउन सकेको छैन । ती आयोजनामध्ये राष्ट्रपति चुरे संरक्षण आयोजनामा सो प्रणाली अझै जडान हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असार २६ गते प्रधानमन्त्री कार्यालयमा निर्माण गरिएको ‘एक्सन रुम’बाट सो प्रणाली जडान भएका आयोजनाको पहिलो पटक अवलोकन गरे । यसअघि प्रधानमन्त्री ओलीले जेठ १५ गते सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो संवाद गरी ‘एक्सन रुम’ उद्घाटन गरेका थिए ।

‘एक्सन रुम’ सञ्चालनसँगै मुलुकका विकास आयोजनाले थप गति लिनुका साथै कुनै विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नका लागि मुख्यमन्त्री काठमाडौँ आउनुपर्ने बाध्यता अन्त्य भएको प्रवक्ता कुँवरले जानकारी दिए। सिंहदरबारमै बसेर प्रधानमन्त्रीले सिक्टा सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन, मेलम्ची खानेपानी आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेका कार्यको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा छ, सिक्टा सिँचाइ आयोजनामा चार, रानी जमरा कुलरिया सिँचाइ आयोजनामा तीन, हुलाकी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गमा एक–एकवटा तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँचवटा ‘आईपी क्यामेरा’ जडान गरिसकिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : १६ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा