अद्भूत क्षमताका यी बालक, १४ वर्षको उमेरमै प्रोफेसर बनेर पढाउँछन् बेलायतको चर्चित विश्वबिद्यालयमा « Khabarhub

अद्भूत क्षमताका यी बालक, १४ वर्षको उमेरमै प्रोफेसर बनेर पढाउँछन् बेलायतको चर्चित विश्वबिद्यालयमा


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा अद्भूत क्षमतामा मानिस विरलै हुन्छन् । कोही भविष्य वाणि गर्छन्, कसैले आफ्नो पूर्व जन्मको बारेमा समेत बताउने गरेका समाचार सुन्दै आएका छौं ।

यस्तै अद्भूत क्षमताका एक बालक जो १४ वर्षकै उमेरमा प्रोफेसर बनेका छन् । सुन्दा पत्यार नलाग्ला तर यो सत्य हो । याशा एस्ले नाम गरेका यी बालक १४ वर्षको कलिलो उमेरमा नै बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका हुन् ।

विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ । गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ ।

हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन् ।

१४ वर्षका किशोरको विलक्षण प्रतिभा देखेर याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनु परेको थियो । जसका लागि विश्वविद्यालय समेत केही समय अप्ठ्यारोमा परेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ४७ बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको