सेनाको विमान घरहरुमा ठोक्किँदा १७ को मृत्यु « Khabarhub

सेनाको विमान घरहरुमा ठोक्किँदा १७ को मृत्यु


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी सेनाको विमान राउलपिण्डी नजिकैको एक आवास क्षेत्रमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ नागरिक तथा ५ जना विमानमा सवार चालक दलका व्यक्तिको मृत्यु भएको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । दुर्घटनामा परेपछि त्यसमा आगो लागेको र केही घरहरूमा पनि आगो फैलिएको थियो। राजधानी इस्लामाबादनजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ।

सो विमान तालिमका लागि उडाइएको थियो। दुर्घटनाको कारण खुलेको छैन । एएफपीका एक संवाददाताका अनुसार त्यहाँबाट पछिसम्म धुँवा उडिरहेको थियो र नजिकै रहेको घरको छतमा विमानको अवशेष देखिएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१० मा एउटा निजी विमान कम्पनीले सञ्चालन गरेको विमान इस्लामाबादनजिकै दुर्घटनाग्रस्त हुँदा १५२ जनाको मृत्यु भएको थियो। त्यो नै पाकिस्तानमा भएको सबैभन्दा डरलाग्दो विमान दुर्घटना थियो।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ९ : ४९ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल