बाबुरामले परिवारसहितको फोटो फेसबुकमा राख्दा के-के कमेन्ट आए? | Khabarhub Khabarhub

बाबुरामले परिवारसहितको फोटो फेसबुकमा राख्दा के-के कमेन्ट आए?


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा.बाबुराम भट्टराईले जनयुद्धमा होमिएका बेलाको स-परिवारको तस्वीरले यतिबेला सामाजिक सञ्जाल फेसबुकमा निक्कै चर्चा पाएको छ । डा. भट्टराईले ‘भूमिगत कालमा छोरी,आमा र बाउ !’ क्याप्सनसहित राखेको तस्वीरमा बेग्ला बेग्लै टिप्पणी गरेका छन् ।

धेरैले जनयुद्धको मर्म विर्षेको बताएका छन् भने केहिले द्वन्द्वकालको सम्झनाले सताएको उल्लेख गरेका छन् । तारा केसीले लेखेको कमेन्टमा आजकै दिन देख्न जनयुद्ध भएको हो भनेर प्रश्न सोधेका छन् । उनले लेखेका छन्-‘दन्द्कालको निकै सम्झना आए जस्तो छ डा : साब लाई त्यसरी जनयुद्ध गरेको आज यिनै दिन देख्न लाई हो?’

विर्खबहादुर शाहीले लेखेका छन्-‘१७ हजारको कोटामा नपर्नु सौभाग्य हो । हामिलाई पनि रहर थियो आप्नो बाबाको साथमा फोटा खिच्ने तर त्यो खुसी तपाईंहरुको भुमिगतको मार्गले चकनाचुर पार्यो ।’

त्यस्तै सुरेश भट्टराईले भुमिगत जीवनमा पनि फोटो खिच्न स्टुडियो छिर्नु भएछ । तपाईंसँग त सानो परिवार सुखी परिवार सधै भरी छ तर धेरैका परिवारको बिचल्ली पार्नु भो, यसरी फोटो धेरैले खिछे होलान, धेरैको फोटोमा मात्र बाउ होलान तर घर कहिल्यै आएनन । लापता!’

प्लिज बुद्ध भुवनले लेखेका छन्-‘साह्रै दुख लाग्यो कतिपय कमेन्ट पढ्दा,हो १७ हजार शहीद हुनु भो र उहाँहरु कै बलिदानले गर्दा नै देशमा पनि ठूलो परिवर्तन आएको छ जुन बेला राज्य पक्षलाई एक शब्द भन्न नसकिने अबस्थाबाट यो अबस्थामा पुगिएको छ,सबैको हकहित पूरा होला नहोला तर पनि त्यो अवस्था निर्माण गर्न ठूलो भुमिका छ जनयुद्धको।अश्लिल राजनीतिका कारण अलग भएका डा.साबको दोष छैन जस्तो लाग्छ जे भयो राम्रैको लागि भयो। भुमिगतको तस्वीरको सम्झना आउनु भनेको अझै नेपाली जनताको एजेण्डा पूरा नभएको अनुभूति गराउँछ।लामो समयको अन्तरालमा पनि। सकारात्मक सोच राखि एक पटक विश्वास गरौं र हेरौं।

त्यस्तै गणेश लिम्बूले लेखेका छन्-‘अहिले अलि बुद्धि बिगि्रएको भए पनि नेपाली जनता को मौलिक हक को लागि नेतृत्वदायी भुमिका गरिदिए को मा धन्यवाद बाद डाक्टर साब ।’

दाहाल मिराजले व्यंग्य गरेका छन्- ‘भूमिगत भएकाहरु अहिले खुलम खुल्ला हिड्न पाए र त्यो बेला खुल्लम खुला हिडेका १७ हजारलाई सदाका लागी भुमिगत बनाईदिए! वा डाउटर साहेब!!’

हेर्नुहोस् बाबुरामले फेसबुकमा राखेको फोटो र त्यसमा आएको कमेन्ट

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : ३८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका