८९ किलो गाँजासहित वीरगन्जबाट ४ भारतीय नागरिक पक्राउ « Khabarhub

८९ किलो गाँजासहित वीरगन्जबाट ४ भारतीय नागरिक पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले ८९ किलो गाँजासहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–२५ ड्राइपोर्ट बहुअरी क्षेत्रबाट नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर–२८–जी–२७७० को बोलोरो गाडीमा सवार ४ जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

चेकजाँचका क्रममा बीआर–२८–जी–२७७० नम्बरको गाडीमा ८९ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय राज्य बिहारअन्तर्गतको मोतिहारी जिल्ला विसुनपुर–३ का ३१ वर्षीय नुर मोहम्मद हुसेन, बिहार मोतिहारीकै फुलवरिया–११ का ३२ वर्षीय असलम आलम साइन, फुलवरिया–११ कै २८ वर्षीय इर्साद साइन र मोतिहारीअन्तर्गतको सितलपट्टी घर भएका सुनिल साह छन् ।

उनीहरुले गाडीमा विशेष प्रकारको फल्स बटम बनाएर लुकाइछिपाइ भारततर्फ गाँजा तस्करी गरिरहेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ११ : ४३ बजे

पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु, एक घाइते

काठमाडौं– सिरहामा पिकअपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ

मोटरसाइकल दुर्घटना हुँदा दाङमा दुईजना घाइते

काठमाडौं – दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्

‘बजेट विनियोजन नहुँदै आयोजना ‘लन्च’ हुँदा उद्योगमा समस्या’

काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघले के कसरी विकास निर्माणका

शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने

चितवन– रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको

तरकारी र फलफूलको मूल्य आज कति ?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका