दरबारमार्गस्थित डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ « Khabarhub

दरबारमार्गस्थित डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित डेजाभु लाउन्ज (क्लब)का अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन् ।

गत पुसदेखि प्रहरीको खोजी सूचीमा रहेका श्रेष्ठ आइतबार हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी रहेका श्रेष्ठविरुद्ध प्रहरीले गत पुस १० गते इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।

श्रेष्ठले दरबारमार्गस्थित डेजाभु क्लबको मर्मतका लागि भन्दै विश्वराम श्रेष्ठसँग २ करोड रुपैयाँ ऋण लिएका थिए । तर, उनले ऋण नतिरी विश्वरामलाई आफू अध्यक्ष रहेको डेजाभु प्रालिका नाममा रहेको बैंकको खाताको चेक दिएका थिए ।

तर, बैंकले खातामा पैसा नरहेको भन्दै चेक बाउन्स गरिदिएको थियो । चेक बाउन्स भएपछि विश्वरामले गत पुस ९ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा मनोज श्रेष्ठविरुद्ध बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता गरेका थिए ।

आइतबार पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी परिसरले हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ११ : ५४ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई