काठमाडौंको कलंकीमा ३ तले घरलाई लक्षित गर्दै गोली प्रहार « Khabarhub

काठमाडौंको कलंकीमा ३ तले घरलाई लक्षित गर्दै गोली प्रहार


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार राति काठमाडौंको कलंकीस्थित १ घरमा गोली प्रहार भएको छ ।

कलंकीमाई मन्दिर नजिकै रहेको विष्णुप्रसाद शर्माको ३ तले घरलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । शर्मा पेशाले हाइड्रो इन्जिनियर हुन् ।

शर्माकी २० वर्षीया छोरी सुत्ने कोठामा गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली लागेर घरको झ्यालको सिसा फुटेको छ ।

गोली प्रहार भएलगत्तै शर्मा परिवारले प्रहरीलाई खबर गरेको थियो । महानगरीय प्रहरी बृत्त कालिमाटी र काठमाडौं परिसरबाट गएको प्रहरी टोलीले घरको कोठाबाट एउटा गोली फेला पारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले दुर्घटनाबस गोली चलेको हुनसक्ने बताए ।

‘अहिलेसम्म गोली कसले चलाएको हो भन्ने विषय यकिन हुने सकेको छैन । हामीले यसमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं,’ सुवेदीले भने, ‘कसैले दुर्घटनाबस गोली चलाएको हुनसक्छ भन्ने कुरा पनि आएको छ । त्यस क्षेत्रमा इजाजत प्राप्त हतियार भएका व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको छ ।’

एसएसपी सुवेदीका अनुसार शर्माको घरको कोठाबाट २.२ एमएमको गोली फेला परेको छ । उक्त गोली पेस्तोलको नभइ सानो हतियारको भएको सुवेदीले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १२ : २२ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ