मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने « Khabarhub

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए । ‘उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन्’, उनले भने ।

यो समयमा वर्षा नै नहुने भने होइन । ‘आइसुलेटेड’ जुन स्थानमा पर्छ । सोही स्थानमा छोटो समयमा भारी वर्षा पनि हुन सक्छ तर त्यसलाई देशव्यापीरुपमा मनसुन पूर्ण सक्रिय भएको भन्न नमिल्ने मौसमविद् कँडेलको भनाइ थियो । राति देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुनाका साथै मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भागका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्य बदली हुनाका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै राति पश्चिमी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सामान्य सतर्कता अपाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १२ : ४० बजे

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी