एन्फाको प्राविधिक निर्देशकमा ग्यारी फिलिप्सलाई नियुक्त गर्ने तयारी | Khabarhub Khabarhub

एन्फाको प्राविधिक निर्देशकमा ग्यारी फिलिप्सलाई नियुक्त गर्ने तयारी


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्राविधिक निर्देशकमा अस्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई नियुक्त गर्ने तयारी गरेको छ ।

मंगलबार बस्ने एन्फाको कार्यसमितिले उनलाई एन्फाको प्राविधिक निर्देशकमा नियुक्त गर्ने तयारी थालेको छ । प्राविधिक निर्देशकका लागि एन्फाले माग गरेको पदमा ग्यारीको निवेदन परेको थियो ।

एन्फा र ग्यारीबीच कामको जिम्मेवारी र पाउने सेवा सुविधाबारेमा सहमती भएको जनाइएको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ नेतृत्वको पदपुर्ति समितिले प्राप्त निवेदनका आधारमा ग्यारीको नाम सिफारिस गरेको हो ।

प्राविधिक नियुक्तलगायतका बिषयमा निर्णय गर्न एन्फाले मंगलबार दिउँसो केन्द्रिय कार्यसमितिको आकस्मिक बैठक समेत बोलाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १ : ३२ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै