कंगनाको ‘जजमेन्टल है क्या’ विवादमा फस्यो, लाग्यो चोरीको आरोप « Khabarhub

कंगनाको ‘जजमेन्टल है क्या’ विवादमा फस्यो, लाग्यो चोरीको आरोप


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कंगना रनावत र राजकुमार राव स्टारर फिल्म ‘जजमेन्टल क्या है’ विवादमा एकपटक हैन, पटकपटक मुछिएको छ । यो फिल्म घोषणाको समयदेखि नै बलिउडमा चर्चा छ । फिल्मको प्रचारका दौरान पनि कंगनाको पत्रकारसँग झडप भएको थियो ।

अहिले यो फिल्मको पोस्टरमाथि चोरीको आरोप लागेको छ । हंगेरीकी फोटोग्राफर तथा भिजुअल आर्टिस्ट फ्लोरा बोर्सीले चोरीको आरोप लगाएकी छिन् । ‘जजमेन्टल क्या है’ को पोस्टर ती आर्टिस्टको तस्वीरसँग धेरै मिल्छ ।

उनले लेखेकी छिन्, ‘यो फिल्मको पोस्टरले मेरो कलाको चोरी गरेको छ, कसैले मलाई बताउन सक्छ कि, यो के भइरहेको छ? यो पक्कै पनि राम्रो होइन ।’

यो ट्वीटसँग फ्लोराले राजकुमार रावको ट्वीटलाई पनि रिट्वीट गरेकी छिन् । उनले लेखेकी छिन्, यो पोस्टर देखेर मलाई यस्तो लागिरहेको छ कि, यो मेरो नै काम हो ।

फ्लोराले फेसबूकमा पनि दुवै पोस्टर जोडेर फरक छुट्याउन आफ्ना साथीहरुलाई आग्रह गरेकी छिन् । यसबारेमा फिल्म युनिट भने चुप छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ३ : ४० बजे

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता