अवैध रकमको कारोबारमा संलग्न गिरोहविरुद्ध अष्ट्रेलियन प्रहरीको रेड, एक नेपालीसहित ५ जना पक्राउ « Khabarhub

अवैध रकमको कारोबारमा संलग्न गिरोहविरुद्ध अष्ट्रेलियन प्रहरीको रेड, एक नेपालीसहित ५ जना पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब ७ अर्ब ६१ करोड नेपाली रुपैयाँ बराबरको अवैध रकमको कारोबार अभियोगमा अस्ट्रेलियामा १ नेपाली नागरिक पक्राउ परेका छन् ।

१० करोड अस्ट्रेलियन डल (करिब ७ अर्ब ६१ करोड नेपाली) रुपैयाँ बराबरको अवैध रकम कारोबार प्रकरणमा नेपालीसहित अन्य ४ जना पनि पक्राउ परेका छन् ।

अस्ट्रेलियाको क्रिमिनल ग्रुप्स स्वाडले गरेको रेडकमा क्रममा फरक फरक समयमा ५ जना पक्राउ परेका अस्ट्रेलियाको पत्रिका द सन्डे मर्निङ हेराल्डले जनाएको छ ।

पक्राउ पर्नेमा नेपाली मूलका २९ वर्षीय विपिन थापा, ३० वर्षीय गगनदीप पवा, ३१ वर्षका मनमिन्दर सिंह, ३० वर्षीय मितिन कपिला र ३१ वर्षीया गोपाली दाहाल छन् । थापा, दाहाल र पवा जुलाई ११ (असार २६ गते) पक्राउ परेका हुन् भने कपाली जुलाई २१ (५ साउन)मा र सिंह जुलाई २६ (साउन १०)मा पक्राउ परेका हुन् ।

अस्ट्रेलिया प्रहरीका अनुसार ठूलो हुन्डी कारोबारका मुख्य अभियुक्त गगनदीप हुन् भने ३० वर्षीया दाहाल उनकी घरेलु साझेदार हुन् ।

उनीहरुले साउथ–वेस्ट सिड्नीलाई आधार बनाएर अवैध हुण्डी कारोबार गर्दै आएका प्रहरीको भनाइ छ । गगनदीप सञ्चालक रहेको कम्पनीको नाममा एकै दिन स्रोत नखुलेको ४ लाख ४५ हजार डलर बैंक अफ न्यु साउथ वेल्समा जम्मा भएपछि अधिकारीहरुले उनीहरुमाथि निगरानी बढाएका थिए ।

रेडका क्रममा प्रहरीले उनीहरुको साथबाट नगद ४ लाख डलर, पैसा गन्ने मेसिन तथा ३ वटा सवारी साधनसमेत बरामद गरेको छ । उनीहरुले देखाउनका लागि सेक्युरिटी सम्बन्धी कम्पनी खडा गरेको, तर भित्री रुपमा ठूलो रकमको अवैध कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको तर्फबाट अधिवक्ता इजाज खानले वकालत गरिरहेका छन् । उनले ५ जनाविरुद्ध लगाइएको अभियोगलाई ‘गम्भीर प्रकृतिको’ भनेका छन् । ‘प्रहरीले लगाएको आरोपबारे प्रमाण हेर्ने काम गरिरहेको छु । ती आरोपहरु निकै खराब र गम्भीर खालका छन् । मैले अभियोजन पक्षको मुद्दाबारेमा टिप्पणी गर्नु अगाडि प्रमाणहरु हेर्नु आवश्यक हुन्छ,’ अधिवक्ता खानले द सन्डे मर्निङ हेराल्डसँग भनेका छन् ।

अदालतका कागजातअनुसार पाँचै जनाले कम्तिमा पनि १० करोड अस्ट्रेलियन डलर बराबरको हुण्डी कारोबार गरेका देखिएको छ । यस्तो अवैध कारोबार गगनदीप सञ्चालक रहेको एजसियोर प्रोटेक्सन सर्भिसेसबाट भएको अनुसन्धान अधिकारीहरुले दाबी गरेका छन् ।

सन् २०१६ देखि २०१८ सम्म गगनदीप यस कम्पनीको निर्देशक तथा सचिव थिए । त्यसयता भने दाहाल यस कम्पनीको निर्देशक र सेयर धनी रहँदै आएकी बताइएको छ ।

प्रहरीले गरेको अनुसन्धानअनुसार आपराधिक समूहबाट आएको रकम समेत उनीहरुको खातामा जम्मा हुने गरेको देखिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : १८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग