मलेसियाले आउँदो अगष्टदेखि विदेशी कामदार लैजाने « Khabarhub

मलेसियाले आउँदो अगष्टदेखि विदेशी कामदार लैजाने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी खुल्ने भएको छ । मलेसिया सरकारले अगष्ट महिनादेखि विदेशी कामदार रोजगारीका लागि लैजाने प्रक्रिया गर्ने भएको छ ।

गत वर्षदेखि आन्तरिक समस्या देखाउदै विदेशी कामदार ल्याउन मलेसिया सरकारले बन्द गरेको थियो । रोजगारीका लागि मलेसियाले विदेशी कामदारमाथि विभिन्न संस्थाले आर्थिक शोषण गरेको आरोप लागेपछि कानून निर्माण गर्ने भन्दै त्यहाँ सरकारले सन् २०१८ देखि विदेशी कामदार लैजान रोक लगाएको थियो ।

रोजगारीका लागि मलेसयामा विदेशी श्रमिकको करारअवधिभर उनीहरुको गतिविधिका विषयमा जानकारी राख्ने अनलाइन प्रणालीको विकास गरी विदेशी कामदार लैजाने तयारी भइरहेको मलेसियाको अध्यागमन विभागलाई उदृत गदै मलेसियाली विभिन्न सञ्चारमाध्यम जनाएका छन् ।

मलेसिया रोजगारीका लागि जाने विदेशी कामदारको सवै प्रमाण अब अनलाइनबाट अध्यागमनले निगरानी गर्ने भएको छ । मलेसिया हाल पनि अवैध रुपमा बसी २० लाख विदेशी कामदारले रोजगारी गरिरहेका जनाइएको छ ।

ती कामदार आममाफीको प्रक्रियाको माध्यमबाट स्वदेश फर्किन मलेसिया सरकारले अवसर दिएको छ । गत जुलाईदेखि अगष्ट अन्तिमसम्म सवै अवैध रुपमा बसेका विदेशी कामदार आममाफी प्रक्रियामा सहभागी हुन मलेसियाको अध्यागमनले अपिल गरेको छ ।

मलेसियामा १ लाख ५० हजार नेपाली अवैध भइ रोजगारी गरिरहेको मलेसियास्थित नेपाली दूतावासले जनाउँदै आएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ३९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट