बन्दको पूर्वसन्ध्यामा विप्लव नेकपाकी महिला नेतृ उपाध्याय पक्राउ « Khabarhub

बन्दको पूर्वसन्ध्यामा विप्लव नेकपाकी महिला नेतृ उपाध्याय पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी महिला नेतृ धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले पक्राउ गरेको छ ।

विप्लव नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा प्रहरीले नेतृ उपाध्यालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो । पक्राउ परेकी उपाध्याय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय महासचिव समेत हुन् ।

यसअघि पनि पटक–पटक गिरफ्तार परिसकेकी उपाध्याय लामो समयदेखि पार्टीको काठमाडौँ जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

सरकारले आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै सरकारी दमन र धरपकडविरुद्ध विप्लव नेकपाले बुधबार नेपाल बन्दको आह्वान गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामाको गिरफ्तारीविरुद्ध नेकपाले काठमाडौँ उपत्यकासहित १५ जिल्ला बन्दको आव्हान गरेको हो ।

पार्टीका प्रवक्ता प्रकाण्डले गत शनिबार विज्ञप्ति जारी गर्दै पार्टी उपत्यका व्युरो इन्चार्ज तथा जनसास्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई सरकारले गिरफ्तार गरेकोप्रति निन्दा र घोर भर्त्सना गरी तुरुन्त रिहाईको माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ०५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन