भर्जील भान डाइकरले रोनाल्डो र मेस्सीलाई जिते « Khabarhub

भर्जील भान डाइकरले रोनाल्डो र मेस्सीलाई जिते


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लिभरपुल डिफेन्डर भर्जील भान डाइकले क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीलाई पछी पार्दै यूईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । महिलातर्फ भने इंग्ल्यान्डकी लुसी ब्रोन्जले सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड जितिन् ।

२७ वर्षे भान डाइन सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो ।

सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत गरेका थिए । उनको प्रदर्शन स्वरुप उनले पिएफएको उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेस्सीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए ।

गत सिजन रियल म्याड्रिडका लुका मोड्रीचले यो अवार्ड जितेका थिए । यसपटक मनोनयनमा परेका रोनाल्डो र मेस्सी दुवै लगातार दोस्रो सिजन उपाधिबाट बन्चित रहे ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ४० बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख