दक्षिण अफ्रिकासँग खेल्ने भारतीय टीम घोषणा : धोनी टीमबाट बाहिर « Khabarhub

दक्षिण अफ्रिकासँग खेल्ने भारतीय टीम घोषणा : धोनी टीमबाट बाहिर


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि २० सिरिजको लागि टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा सर्वाधिक अनुभवी विकेटकीपर महेन्द्र सिंह धोनी अट्न सकेनन् ।

भारतले एक महिना अघि वेस्ट इन्डिजसँगको समान तीन टि२० र वान डे सिरिजमा पनि धोनीलाई टोली बाहिर राखेको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमार पनि टोलीमा छैनन् । अलराउन्डर हार्दिक पान्ड्याले टोलीमा पुनरागमन गरेका छन् । भारतले दक्षिण अफ्रिकासँग पहिलो टि२० सेप्टेम्बर १५ धर्मशालामा खेल्ने छ ।

सेप्टेम्बर १८ मा मोहाली र सेप्टेम्बर २२ मा बंग्लोरमा खेल्ने छ । भारतसँगको टि२० सिरिजको लागि दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा यस अघिनै आफ्नो टोली घोषणा गरि सकेको छ ।

दक्षिण अफ्रिकासँग खेल्ने भारतको टि २० टोली

विराट कोहलीको कप्तानीमा रहने खेलाडीमा रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस ऐर, मनिष पान्डे, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा,क्रुनाल पान्ड्या, वासिंगटन सुन्दर, राहुल चाहर, खलील अहमद, दिपक चाहर र नवदीप सैनी हुनेछन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ५९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण