नेपाली हलमा ‘साहो’को क्रेज, पहिलो शो बिहान साढे ६ बजेबाटै « Khabarhub

नेपाली हलमा ‘साहो’को क्रेज, पहिलो शो बिहान साढे ६ बजेबाटै


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड चलचित्र ‘साहो’ आजबाद दर्शकमाझ आएको छ । प्रदर्शन अगावै विभिन्न रेकर्ड बनाएको चलचित्र साहोले नेपाली दर्शकलाई  एका विहानै हलसम्म तान्न सफल भएको छ ।

टिकट बुकिङ उच्च भएपछि काठमाडौंका केही हलहरुमा बिहान ६ः३० बजेबाट नै पहिलो शो देखाइएको छ । चलचित्र बाहुबलीबाट एकाएक चर्चामा आएका प्रभासको क्रेजका कारण साहोले चलचित्र बजारमा तहल्का मच्चाएको हो ।

नेमाका नेपाल वितरक मनोज राठीले ‘साहो’को नेपाल प्रदर्शनका लागि करिब १ करोड २० लाख भारू खर्चिएको बताएका छन् । चलचित्र ल्याउनका लागि नेपाली वितरकबीच पनि प्रतिष्पर्धा भएकाले सिनेमा महँगो रकममा नेपाल भित्रिएको उनले बताए।

महँगोमा नेपाल भित्र्याइएको साहोले मल्टिप्लेक्सहरूले उच्च संख्यामा शो पाएको छ । नेपालका क्यूएफएक्स सिनेमाज्ले ुसाहोुलाई ६१ शो दिएका छन। उपत्यकामा मात्रै सिनेमाले ३७ शो पाएको छ। यस्तै बिग मुभिजले शुक्रबार आफ्नो ३ पर्दामा १५ शो उपलब्ध गराएको छ। उसले बिहान ७ बजेदेखि शो राखेको छ।

यस्तै चाबहिलमा रहेको ३ पर्दाको मल्टिप्लेक्स एफक्यूब बिग मुभिजमा बिहान साढे ६ बजेदेखि नै सिनेमाको शो राखेको छ। एफक्युबमा ुसाहोुको १३ शो छ। नेपालका करिब सय हलमा एकसाथ प्रदर्शनमा आएको छ । सिनेमाले रिलिजको दिन १ करोड नेपाली हाराहारीको व्यापार गर्ने अनुमान छ।

सिनेमा भारतमा पनि एक साथ चार भाषामा करिब १० हजार पर्दामा रिलिज हुँदैछ। सिनेमा करिब ३५० करोड भारूको बजेटमा तयार भएको हो।

यसैबीच आजैबाट नेपाली चलचित्र मारुनी पनि प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको भनिएको चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : ४२ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई