‘छ माया छपक्कै’ को गीतमा केकी र दीपकको प्रेम (भिडियो) « Khabarhub

‘छ माया छपक्कै’ को गीतमा केकी र दीपकको प्रेम (भिडियो)


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज २४ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘छ माया छपक्कै’ को गीत सार्वजनिक गरिएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा बसन्त थापा र मीना निरौलाको स्वर सुन्न सकिन्छ भने गायक थापाकै संगीत रहेको छ । यस्तै गीतमा लेखक तथा गीतकार राजेन्द्र थापाले शब्द लेखेका छन् । श्रीकृष्ण बम बल्ल, एचबीएन किस्मन, क्षेत्र शाही, जुना श्रीस र निरु श्रीसले पार्श्वध्वनि दिएको यो गीत लोकशैलीमा आधारित छ ।

गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । यस्तै गीतको भिडियो भिडियो दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायतले कम्मर मर्काएका छन् ।

रोहित अधिकारीले निर्माण गरेको यो फिल्ममा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ । फिल्मको स्किृप्ट दीपकराज गिरीले तयार पारेका हुन् ।

यो फिल्म निर्माण घोषणादेखि नै चर्चामा छ । चलचित्रको ट्रेलर अझै रिलिज गरिएको छैन ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : ३५ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने