डेंगु नियन्त्रणका लागि ललितपुर महानगरमा कार्यक्रम « Khabarhub

डेंगु नियन्त्रणका लागि ललितपुर महानगरमा कार्यक्रम


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -ललितपुर महानगरपालिकाले डेंगु भाइरस भएका लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

महानगरको कार्यपालिका बैठकले महानगरभित्र बसोवास गर्ने महानगरबासीको स्वास्थ्यमा संवेदनशीलता अपनाउँदै कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । पछिल्ला समय ललितपुर महानगरभित्र डेंगुका बिरामी देखिन थालेका छन् ।

ललितपुरमा डेंगका बिरामी देखिएकाले सजकता अपनाउन यस्तो निर्णय लिएको महानगरका प्रमुख चिरिबाबु महर्जनले बताए ।

महानगरको पहिलो दायित्व नगरबासीको सुरक्षा भएको बताउँदै महर्जनले भने ‘प्राथमिकताका साथ सम्बन्धितनिकायका विज्ञहरुसँग छलफल गरेर कार्यक्रम ल्याउँदैछौं ।’

सामाजिक विकास संयोजक तथा वडा नं २४ का वडा अध्यक्ष दिनेश कार्कीले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए । ‘जनचेतनाबिना केही पनि सम्भव छैन त्यसैले यो आवश्यक पनि छ’ उनले भने ‘वडावडामा छलफल गरेर कार्यक्रम ल्याउँछौ ।’

महानगरले सरोकारवाला निकायसँग डेंगु नियन्त्रणका लागि ल्याउनुपर्ने कार्यक्रम तर्जुमा गर्न छलफल राखेको हो ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : ५९ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन