इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने « Khabarhub

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग हुने तय भएको शान्ति वार्तामा हेज्बोल्लाहसँग युद्धविरामको विषयमा छलफल नगर्ने जनाएको छ । अमेरिकाका लागि इजरायली र लेबनानी राजदूतहरूले मङ्गलबार हुनेगरी तय भएको बैठकलाई अन्तिम रूप दिन शुक्रबार अबेरसम्म छलफल गरेका थिए ।

अमेरिकाका लागि इजरायलका राजदूत येचिएल लेइटरले दुई देशबीच कूटनीतिक सम्बन्ध नभए पनि लेबनान सरकारसँग औपचारिक शान्ति वार्ताको सुरुवात हुने बताएका छन् । उनले हेज्बोल्लाहसँगको युद्धविरामबारे छलफल गर्न इजरायलले अस्वीकार गरेको र हेज्बोल्लाह नै शान्तिको मुख्य बाधक भएको आरोप लगाएका छन् ।

यता, लेबनानमा इजरायलले हवाई आक्रमणलाई तीव्र पारेको छ । शनिबार नाबातिह जिल्लाको माएफादौनमा आवासीय भवन ध्वस्त हुँदा तीन जनाको मृत्यु भएको छ ।

इरानले भने यसअघि पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग भएको दुई साताको युद्धविराममा इजरायल र हेज्बोल्लाहबीचको लडाइँ अन्त्य पनि समावेश रहेको दाबी गरेको छ । इजरायलले यो दाबी अस्वीकार गर्दै आफ्नो सैन्य अभियान जारी राखेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लेबनान दुई साता लामो युद्धविरामको हिस्सा नभएको बताएपछि विवाद उत्पन्न भएको थियो । इरानी संसदका सभामुख मोहम्मद बघेर कलिबाफले लेबनानमा युद्धविराम नभएसम्म र इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा नभएसम्म वार्तामा नबस्ने चेतावनी दिएका छन् ।

तर बढ्दो दबाबबीच अमेरिकी राष्ट्रपति ट्रम्पले भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई बमबारी कम गर्न आग्रह गर्दै निरन्तरको आक्रमणले अमेरिका र इरानबीचको कमजोर युद्धविरामलाई खतरामा पार्न सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  ३ : ११ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी