ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ « Khabarhub

ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ


१३ भदौ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असार ३१ गते काठमाडौंको धुम्बाराहीमा घाइते अवस्थामा फेला परेका व्यक्तिमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।

गस्तीमा रहेको प्रहरीले घुम्बाराहीस्थित राजेश हार्डवेयर अगाडि साउन ३१ गते ३६ वर्षीय दिपक तामाङलाई गम्भीरु घाइते अवस्थामा फेला पारेको थियो ।

मोरङको कानेपोखरी घर घइ काठमाडौंको गोल्फुटार बस्दै आएका तामाङ टाउकोमा चोट लागेर बेहोस अवस्थामा फेला परेका थिए ।

प्रहरीले तामाङको उद्दार गरी काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल भर्ना गरेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा तामाङमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको खुलेको थियो ।

प्रहरीले तामाङमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै सिन्धुपाल्चोक घर भइ बौद्ध बस्दै आएका १९ वर्षीय मनोज लामाको खोजी शुरु गरेको थियो ।

प्रहरीको खोजी सूचीमा रहेका लामा बिहीबार पक्राउ परेका छन् । महानगरीय अपराध मशाखाको टोलीले लामालाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार लामाले आफूले गरेको कसूर स्वीकार गरिसकेका छन् । प्रहरीले लामाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको अभियोगमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७६, शुक्रबार  १ : ३६ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत