विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको बिदाइ « Khabarhub

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको बिदाइ


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोट अन्तर्गतको कुवेत र चाइनिज ताइपेइसँग खेल्ने नेपाली राष्ट्रिय टालीको बिदाइ गरिएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको हलमा एक कार्यक्रम आयोजना गरी टोलीको बिदाइ गरेको हो ।

कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष शेर्पाले खेलाडीहरुलाई कुवेतविरुद्धको खेलमा जीत हात पार्न सके पुरस्कारसहित सम्मान गर्ने बताएका छन् । यस्तै टोलीका मुख्य प्रशिक्षक योहान कालिनले टोलीले राम्रो अभ्यास गरेर बताउँदै सकेसम्म कुवेतसँग अंक खोस्ने लक्ष्य रहेको बताएका छन् ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकले विश्वकप छनोट तथा एसिया कपको छनोट चरणका लागि २३ सदस्यीय टोलीको घोषणा यसअघि नै गरिसकेका थिए । कुवेत जाने टोलीमा नियमित कप्तान विराज महर्जन रहेका छैनन् । यस्तै, मलेसियन क्लबविरुद्ध केही दिन अगाडि मैत्रीपूर्ण खेल खेल्दा टोलीमा रहेका विमल राना र एलन न्यौपाने पनि विश्वकप छनोट अन्तर्गत टोलीमा रहेका छैनन् ।

उनीहरुको स्थानमा यसअघि टोलीबाहिर रहेका उपकप्तान तथा गोलकिपर किरण चेमजोङ र मिड्फिल्डर रोहित चन्द रहेका छन् । छनोटको समूह ‘बि’ मा रहेको नेपालले सेप्टेम्बर ५ मा कुवेतसँग र सेप्टेम्बर १० मा ताइपेइसँग खेल्नेछ ।


नेपाली टोली

गोलकिपर: किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर: सरोज दहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, राजिन धिमाल, सुमन अर्याल

मिफिल्डर:  सुनिल बल, रवि पासवाङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द

फरवार्ड:  विमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १ : ४४ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका