ओरालो लागेको थियो यी मोडलको करिअर, बिल्डिङबाट हाम फालेर दिइन् ज्यान « Khabarhub

ओरालो लागेको थियो यी मोडलको करिअर, बिल्डिङबाट हाम फालेर दिइन् ज्यान


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – एक भारतीय मोडलले मुम्बईको बिल्डिङबाट हाम फालेर आत्महत्या गरेकी छिन् । ती मोडलले अपार्टमेन्टमा रहेको फ्ल्याटको छतबाट हाम फालेर आत्महत्या गरेको भारतीय मिडियाले लेखेका छन् ।

ती कलाकारको उमेर २२ देखि २५ वर्षको थियो । उनको नाम पर्ल पञ्जाबी बताइएको छ । उनले केही समय पहिले मात्र अभिनय क्षेत्रमा काम थालेकी थिइन् । उनी एक मोडल हुन् । पर्लले लामो समयदेखि फिल्म क्षेत्रमा आफू सक्रिय हुने प्रयास गरेकी थिइन् । तर, उनलाई सफलताले साथ दिएको थिएन ।

खबरका अनुसार उनी पहिले कतै जागीर पनि गर्ने गर्थिन् । पर्लले यसअघि पनि आत्महत्या कोशिश गरेकी थिइन् । प्रहरीका अनुसार उनलाई एकदमै छिटो रिस उठ्ने गर्थ्यो । जसका कारण आफूलाई सम्हाल्न सक्थिनन् । यसअघि दुईपटक आत्महत्या प्रयास गरे पनि उनलाई बचाइएको थियो ।

आत्महत्या पहिले के भएको थियो?

भारतीय प्रहरीका अनुसार अघिल्लो रात साढे १२ बजेतिर कुनै कुरालाई लिएर झगडा भएको थियो । पर्लले आवेशमा आएर बिल्डिङको छतबाट हाम फालेर आत्महत्या गरिन् । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १ : ४९ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई