सडक विभागमा गगन थापाको धर्ना– घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो ! | Khabarhub Khabarhub

सडक विभागमा गगन थापाको धर्ना– घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो !


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद गगन कुमार थापा धर्नामा उत्रिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भइरहेको सडकको विषयलाई लिएर थापा धर्नामा उत्रिएका हुन् । नेता थापासहितको टोलीले शुक्रबार मध्याह्न ललितपुरको पुलचोकस्थित सडक विभागको कार्यालय अगाडि धर्ना दिएको हो ।

सडक निर्माणमा भइरहेको ढिलाइबाट प्रभावित स्थानीयसहित नेता थापा धर्ना दिन पुलचोक पुगेका थिए ।

धर्नामा उत्रिएका स्थानीयहरुले ‘सिंहदरबारमा आराम छ, जनताको जीवन हराम छ,’ ‘घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो,’ ‘कुसीमाथि उठ्ने हो, बाटो बनाउन जुट्ने’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बाटो मर्मतका लागि जति गुहारेपनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनु परेको नेता थापाको भनाइ थियो ।

काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत विभिन्न ठाउँमा सडक निर्माण गर्ने काममा ढिलासुस्ती भएको तथा बनाइएको बाटोमा पनि गुणस्तरीय काम नभएको थापाले बताए ।

‘आजको यो धर्ना सांकेतिक आन्दोलन हो,’ थापाले भने, ‘काम भएन भने हामी सिंहदरबारभित्र छिरेर मन्त्रालयमा धर्ना दिन्छौं ।’

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  २ : ०२ बजे

तुइनखोला नजिक खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन बुधबार

स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले

सिरहामा विद्युत् चुहावट बर्सेनि बढ्दो

सिरहा– सिरहामा विद्युत् चुहावटको मात्रा हरेक वर्ष बढ्दै गएको पाइएको छ

सर्पको टोकाइबाट एक जनाको मृत्यु

बाजुरा– यहाँको त्रिवेणी नगरपालिका–२ चौसाला एक युवकको सर्पको टोकाइबाट मृत्यु

महँगा र विलाशी वस्तु किन्न निषेध, वितरणमुखी कार्यक्रम पनि रोकिए

काठमाडौँ- सरकारले खर्च कटौतीको निर्णय गरेसँगै महँगा र विलाशी वस्तुको