सडक विभागमा गगन थापाको धर्ना– घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो ! « Khabarhub

सडक विभागमा गगन थापाको धर्ना– घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो !


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद गगन कुमार थापा धर्नामा उत्रिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भइरहेको सडकको विषयलाई लिएर थापा धर्नामा उत्रिएका हुन् । नेता थापासहितको टोलीले शुक्रबार मध्याह्न ललितपुरको पुलचोकस्थित सडक विभागको कार्यालय अगाडि धर्ना दिएको हो ।

सडक निर्माणमा भइरहेको ढिलाइबाट प्रभावित स्थानीयसहित नेता थापा धर्ना दिन पुलचोक पुगेका थिए ।

धर्नामा उत्रिएका स्थानीयहरुले ‘सिंहदरबारमा आराम छ, जनताको जीवन हराम छ,’ ‘घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो,’ ‘कुसीमाथि उठ्ने हो, बाटो बनाउन जुट्ने’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

बाटो मर्मतका लागि जति गुहारेपनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनु परेको नेता थापाको भनाइ थियो ।

काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत विभिन्न ठाउँमा सडक निर्माण गर्ने काममा ढिलासुस्ती भएको तथा बनाइएको बाटोमा पनि गुणस्तरीय काम नभएको थापाले बताए ।

‘आजको यो धर्ना सांकेतिक आन्दोलन हो,’ थापाले भने, ‘काम भएन भने हामी सिंहदरबारभित्र छिरेर मन्त्रालयमा धर्ना दिन्छौं ।’

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  २ : ०२ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर