दोलखामा निर्माण गरिने चलचित्र नगरीको डीपीआर तयार « Khabarhub

दोलखामा निर्माण गरिने चलचित्र नगरीको डीपीआर तयार


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरी परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रु १५ अर्बको डीपीआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिए ।

सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी गाउँपालिका–४ र दोलखाको भीमेश्वर नगरपालिका–९ को बीचमा बन्न लागेको उक्त नगरीका लागि आफ्नो पालिकाबाट पनि चालू आर्थिक वर्षमा केही बजेट व्यवस्था गरिने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए ।

नेपाल सरकारले विसं २०६८ मा दोलखाको डाङडुङेमा ‘फिल्मसिटी’ बनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि निकासा हुँदै आएको बजेटबाट गुरुयोजनाअनुसार छ किमी कच्ची सडकसहित भौतिक पूर्वाधारको काम हुँदै आएको छ ।

शुरुमा दोलखा फिल्मसिटी नाम राखिएकामा हालैको निर्णयअनुसार त्यसलाई संशोधन गरी चलचित्र नगरी डाङडुङे नामाकरण गरिएको हो । बहुवर्षीय परियोजनाको रुपमा निर्माण गरिने उक्त नगरीका लागि चालू आर्थिक वर्षमा प्रदेश नं ३ सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।

राष्ट्रियस्तरको बृहत परियोजना भएकाले लगानी जुटाउने उद्देश्यले सांसदहरुको तर्फबाट पनि सहयोग जुटाउन आगामी आइतबार राजधानीमा दुवै जिल्लाका सांसदहरु सहभागी संयुक्त बैठक बोलाइएको पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

समुद्री सहतबाट झण्डै तीन हजार ३०० उचाइमा अवस्थित उक्त रमणीय स्थानबाट दोलखाको गौरीशङ्कर, सैलुङ, कालिञ्चोक तथा सिन्धुपाल्चोकको जुगल हिमशृङ्खलालगायत अधिकांश भू–भागको दृश्यावलोकन हुनेछ । कूल ७६ रोपनी क्षेत्रमा बन्ने सो नगरीमा अत्याधुनिक स्टुडियो सुविधासम्पन्न विभिन्न भवनहरु कार्यालय भवन, पानी पोखरी, पार्किङस्थल होटललगायत फिल्म सुटिङका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक सुविधा उपलब्ध हुनेछ ।

लामोसाँघु–जिरी सडकअन्तर्गत खरीढुङ्गा सडकमा पर्ने उक्त स्थान काठमाडौँबाट करीब १२० किलोमिटरको दूरीमा पर्दछ । चिसो हावापानी रहेको सो स्थान आसपास सेतो, रातो, पहेँलो, निलोसहित चार रङका लालीगुँरास फुल्ने हुँदा आकर्षित एवं रमणीयस्थलको रुपमा परिचित छ ।

नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिशचन्द्रलाई मानिए पनि तत्कालीन सूचना तथा प्रचार–प्रसार मन्त्रालयले विसं २०२२ मा आमा फिल्मको निर्माण गरी नेपाली फिल्मको शुरुआत गरेको थियो । नेपाली भाषाको विकासका लागि चार दशकअघि तत्कालीन शाही नेपाल चलचित्र संस्थानको स्थापना भएको थियो ।

पछि चलचित्र विकास बोर्डमा रुपान्तरण भएपछि फिल्म सुटिङका लागि देशका विभिन्न स्थान तथा विदेशमा पनि पुग्नुपर्ने वर्तमान अवस्था छ । त्यसलाई दृष्टिगत गरी जिल्लावासी तथा कलाकारहरुको आग्रहलाई कदर गर्दै नेपाल सरकारले विसं २०६८ मा उक्त स्थानमा आधुनिक फिल्म नगरी निर्माण गर्ने निर्णय गरेको थियो ।

बहुवर्षीय परियोजनाको अवधारणामा निर्माण गरिने उक्त चलचित्र नगरीलाई भविष्यमा ‘पब्लिक पार्टनरसीप’ परियोजनामा परिणत हुने वरिष्ठ कलाकार श्रेष्ठले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ६ : ०१ बजे

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा