भित्र्याइयो कुश,मनाइयो पितृ सम्मान दिवस | Khabarhub Khabarhub

भित्र्याइयो कुश,मनाइयो पितृ सम्मान दिवस


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाद्र कृष्ण औँशीका दिन मनाइने बुबाको मुख हेर्ने पर्व शुक्रबार पिताप्रति आदरभाव प्रकट गरी मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिएर मनाइएको छ ।

यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मनपर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गरी बुबाको मुख हेरेका छन् । बुबा नहुनेले भने विभिन्न पवित्रस्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिएका छन् ।

शुक्रबारको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको थियो ।

शुक्रबारको औँशीलाई ‘गोकर्णे औँशी’का नामले पनि चिनिन्छ । शुक्रबार गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदा दान गर्नेको भीड लागेको थियो । मन्दिरमा शुक्रबार करीब तीन लाख ५० हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको पूजारी जगदीशचन्द्र भट्टले जानकारी दिए ।

यसवर्ष गोकर्णेश्वरको मेला विगत वर्षभन्दा व्यवस्थित पाइएको काभ्रेपलाञ्चोकको मण्डन देउपुरबाट श्राद्ध गर्न आउनुभएका लक्ष्मणप्रसाद ढकालले सुनाए ।  वाग्मती सुन्दरता सरोकार मञ्चले ‘नदीमा फोहर नफालौँ’ भन्दै दिनभर जनचेचनामूलक अभियान सञ्चालन गरेको थियो । सो अभियान गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरगयास्थित कान्तिभैरव मन्दिरसम्म चलाइएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जनाए ।

यसैगरी रसुवाको बेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध र तर्पण गर्ने भक्तजनको लर्को लागेको थियो । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप शुक्रबारका दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशिर्वाद प्राप्त गरेमा सुख मिल्छ ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले यसलाई पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । अरु दान दिन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

भित्र्याइयो कुश

घर घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीले मनाएका छन् । वर्षभरि देवकार्य तथा पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश शुक्रबारै वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राखिन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

शुक्रबारका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिन्छ । अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् गौतमले बताए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ६ : ५१ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको