आफैंसँग लड्ने होइन अरुसँग लड्नसक्ने कांग्रेस बनाऔँ : देउवा « Khabarhub

आफैंसँग लड्ने होइन अरुसँग लड्नसक्ने कांग्रेस बनाऔँ : देउवा


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफैंसँग लड्ने नभई अरुसँगै लड्नसक्ने पार्टी बनाउन सबै लाग्नुपर्ने बताएका छन् ।

नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकले आयोजना गरेको ‘विजया दशमी, दिपावली, छठ र ल्होछार’को शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रममा उनले पार्टीभित्र आफैँ झगडा गरेर पार्टी बलियो नहुने बताए ।

“झगडा गर्ने पार्टी नबनाऔँ”, सभापति देउवाले भने “पार्टीभित्र आफू आफैँमा झगडा गरेपछि चुनावमा जनताले भोट हालेन भनेर कसरी भन्ने ?” उनले अन्तिम सत्य जनता भएकाले पार्टी जनतामाझ जानुपर्ने बताए ।

कम्युनिष्टको दुई तिहाइ सरकार छ भनेर कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको देउवाको भनाइ थियो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समयमा चीनका नेताको विचार पढेर त्यसलाई लागू गर्न खोजेको आरोप लगाए ।

कांग्रेसले प्रतिपक्षमै रही नीतिगत पक्षमा अडान लिनसक्नुपर्नेमा पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ थियो । “नेतृत्वले नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ शैली, आचरण, व्यवहार र नयाँ संस्कार दिन सक्नुपर्छ”, नेता सिटौलाले भने ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ६ : ५४ बजे

सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा म्यानचेस्टर

रियलको जितमा एम्बाप्पे र रोड्रिगोको गोल

काठमाडौं – गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड

एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर