इटालियन सिरी ए– मिलानको खराब प्रदर्शन, घरेलु मैदानमा पराजित « Khabarhub

इटालियन सिरी ए– मिलानको खराब प्रदर्शन, घरेलु मैदानमा पराजित


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान पराजित भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले फियोरेन्टिनासँग ३–१ ले पराजित हुन पुग्यो ।

फियोरेन्टिनाका लागि पुल्गारले १४ औं मिनटमा पेनाल्टिमार्फत अग्रता बनाएका थिए । दोस्रो हाफको ६६ औं मिनेटमा क्यास्ट्रोभिलि र ७८ औं मिनेटमा फ्रयाङ्क रिबेरिले गोल गरेका थिए । उता मिलानका लागि भने राफेल रियोले ८० औ मिनेटमा एक गोल मात्र गरे ।

यससँगै मिलानले लिगको सुरुवाती ६ खेल मध्ये ४ खेल गुमाएको छ । आइतबारको हारसँगै मिलानले ८० वर्ष अघिको जस्तै खराब खेल खेलको अन्तरार्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मिलानले १९३८–३९ मा यही नतिजा आत्मसात गरेको समाचारहरुमा जनाइएको छ ।

टीमले लगातार हारेपछि प्रशिक्षक मार्का जियामपाउलोमाथि दवाव बढेको छ । अबको खेलमा पराजित भए उनलाई क्लबले बखास्त गर्ने सम्भावना बढेको छ ।

६ खेलको समाप्तिसँगै मिलना १६ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : १८ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी