बेँसीशहर बजार सडक बत्तीले झिलिमिली | Khabarhub Khabarhub

बेँसीशहर बजार सडक बत्तीले झिलिमिली


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पर्यटकीय जिल्ला लमजुङको सुन्दर नगरी एवं अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहर बजारलाई उज्यालोको माध्यमबाट सुरक्षित बजार बनाउनका लागि सडक बत्ती जडान गरी झिलिमिली बनाइएको छ ।

बेँसीशहर नगरपालिकाले बजार सुरक्षित राख्नका लागि बजारका विभिन्न स्थानमा २५३ वटा बिजुली बत्तीको व्यवस्था भएसँगै बेँसीशहर बजार उज्यालो भएको हो ।

आइतबार बेँसीशहर भीमसेनस्थान चोकमा एक कार्यक्रममा बीच नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरी सडक बत्ती सञ्चालनमा आएको छ । उनले पर्यटकीय बजारमा चोरीका घटना बढ्दै गएकाले विशेष गरी राति हिँड्डुल गर्नलाई असुरक्षित हुने गरेकाले नगरवासी र पर्यटकलाई मध्यनजर गरेर सडक बत्ती जडान गरी सञ्चालनमा ल्याएको बताए ।

अहिले जडान गरी सञ्चालनमा आएका बत्तीले सबै ठाउँमा नपुगेको र अपुग बत्ती यस आर्थिक वर्षको बजेटबाट खरीद गरी थप जडान गर्ने तयारीमा रहेको नगर प्रमुख अर्यालले बताउनुभयो ।

वडा नम्बर ८ का वडाध्यक्ष पवित्र थापामगरले बजारलाई थप सुरक्षित र उज्यालो बनाउनका लागि सडक बत्तीले ठूलो सहयोग पुगेको बताए । आव २०७४/७५ बजेटबाट रु ५० लाखमा उक्त सङ्ख्यामा सडक बत्ती जडान गरी सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

बजारको शेरा, ठाडोलाइन, नारायस्थान, भीमसेस्थान, त्रिवेणीटोल, क्याम्पस रोडलगायतका स्थान सडक बत्तीबाट उज्यालो भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ५० बजे

‘वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन’

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा

प्रियदर्शनले गरे रिटायरमेन्टको संकेत, ‘हैवान’ र ‘हेरा फेरी ३’ अन्तिम प्रोजेक्ट

काठमाडौं – कमेडी र परिवारिक ड्रामा फिल्मका लागि प्रसिद्ध भारतीय

सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने

सिरहा– सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका