गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापिय प्रणालीमा परिवर्तन आयो–मौसमविद् « Khabarhub

गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापिय प्रणालीमा परिवर्तन आयो–मौसमविद्


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन सामान्य वर्षा हुनसक्ने जनाएको छ । देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।

विभागका अनुसार भारतको गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापिय प्रणाली अवदाब मा परिवर्तित भएको छ ।

भारतको उत्तर प्रदेशमा रहेको न्यून चपीय प्रणालीको असर नेपालको पूर्वी र मध्य भू-भागमा रहेको छ । यि दुई प्रणालीका कारण नेपाल मा बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आइरहेको मौसमविद्हरुले बताएका छन् ।

जसका कारण हाल देशका पूर्व र मध्य भू-भागमा सामान्य देखि पूर्णतया बदली रही पूर्वका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ ।

विभागका अनुसार आगामी तीन दिनको मौसमी अवस्था यस्तो छ–

असोज १३ गते (सोमबार)

दिउँसो: देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्गको सम्भावना छ।

राति: देशको पूर्व र मध्य भेगमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

असोज १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राती: देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।

असोज १५ गते (बुधबार)

दिउँसो: देशभर आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशभर आंशिक बदली रही पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : १८ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले