प्रधानमन्त्री ओलीले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने « Khabarhub

प्रधानमन्त्री ओलीले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज ‘खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल’ घोषणा गर्न लागिएको हो ।

सोमबार मध्याह्न राष्ट्रिय सभागृहमा खानेपानी मन्त्रालयले आयोजना गर्ने एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्नेछन् ।

नेपालका जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम सन् २०११ सालबाट सुरु गरिएको थियो । अहिले ७७ जिल्ला नै खुला दिसा मुक्त जिल्ला घोषणा भइसकेका छन् ।

सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानाई तीव्रता दिने योजना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै