नौविसे–नागढुंगा सडकमा जाम हट्यो | Khabarhub Khabarhub

नौविसे–नागढुंगा सडकमा जाम हट्यो


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नौविसे–नागढुंगा सडकको सवारी जाम हटेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सवारी आवागमन सामान्य रहेको र जाम हटेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सोमबार विहान ६ बजेदेखि ८ बजेसम्म नागढुंगा नौविसेको अवस्था र सवारी साधनको गति सामान्य बनेको छ ।

त्यस्तै सडकको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहहरीले जाम नभएको र सवारी साधन सहज रुपमा आवतजावत भइरहेको भन्दै यात्रुहरुलाई यात्राको क्रममा केही समस्या र गुनासो भए राजमार्गमा राखिएको यात्रु सहायता कक्षमा समपर्क गर्न अनुरोध समेत गरेको छ ।

केही दिनअघि काठमाण्डको नागढुंगादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रुले सास्ती खेपेका थिए ।

१०/१२ घन्टा लाममा बस्नु परेको भन्दै यात्रुले आक्रोश पोखिरहँदा गृहमन्त्री रामबहादुर थापाले तत्काल जाम खुलाउने गरि काम गर्न सम्बन्धित निकायललाई निर्देशनसमेत दिएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : ४९ बजे

कृषि समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

यी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय