विश्वकप छनोट– नेपाली टोलीले अस्ट्रेलियाको क्याम्पबेलटाउनमा अभ्यास गर्ने « Khabarhub

विश्वकप छनोट– नेपाली टोलीले अस्ट्रेलियाको क्याम्पबेलटाउनमा अभ्यास गर्ने


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया  –फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत छनोट चरणको तेस्रो अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेल नेपालले क्यानबेरास्थित रंगशालामा खेल्दैछ ।

अक्टोबर १० मा हुने खेलका लागि नेपाली टोली अक्टोबर २ मा नै त्यसतर्फ जाने तयारी गरिरहेको छ । १ साता अगाडि अस्ट्रेलिया उड्न लागेको नेपाली टोलीले सिड्नीमा अभ्यास गर्ने भएको छ ।

अष्ट्रेलियन राष्ट्रिय टोलीविरुद्ध हुने विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको खेलअघि नेपाली राष्ट्रिय फुटबल टोलीले क्याम्पबेलटाउनमा रहेकाे स्थानीय एक क्लबकाे हाेस्टेलमा बस्ने र त्यहीँ अभ्यास गर्ने भएको छ ।

त्यहाँ बस्ने र अभ्यासकाे व्यवस्था अष्ट्रेलियन नेपलिज फुटबल एसोसिएसन (एन्फा) र गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले गरेको हो ।

तस्वीर – एन्फा अस्ट्रेलिया ।

सोमबार सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरेर अष्ट्रेलियन नेपलिज फुटबल एसोसिएसन (एन्फा) र गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले जानकारी दिइएको छ ।

आयोजककाअनुसार राष्ट्रिय टिमका लागि दक्षिण पश्चिम सिड्नीको क्याम्पबेलटाउनकाे एक क्लबकाे हाेस्टेल र अभ्यासका लागि व्यवस्थापन गरिएकाे छ ।

नेपाली टिमलाई स्थानीय हावापानीसँग घुलमिल हुने माहोल बनाउन र अवे खेलका लागि टोलीको मनोवल उच्च बनाउनका लागि सिड्नीमा अभ्यासको व्यवस्था गरिएको एन्फा अस्ट्रेलियाका अध्यक्ष बिजेन बटाजुले जानकारी दिए ।

बटाजुका अनुसार टोलीको स्वागतमा सिड्नीमा रात्री भोजको आयोजना गरिने भएको छ । नेपाली टोलीको एकसाताको बसाईका क्रममा लाग्ने करिब ५० हजार अष्ट्रेलियन डलर खर्चको अधिकांश रकम एनआरएनको युवा फोरमको अगुवाइमा उठिसकेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

राष्ट्रिय टिमको समर्थनका लागि अष्ट्रेलियाका मुख्यशहरहरु सिड्नी, मेलवर्न, ब्रिजबेन र क्यानबेरा लगायतबाट ठूलो संख्यामा नेपालीहरु क्याबेराको जीआईओ रंगशालामा उपस्थित हुने तयारी रहेको एन्फाले जानकारी दिएको छ ।

नेपालले छनोट अन्तर्गत यसअघि दुई खेल खेलिसकेको छ । दुई मध्ये एकमा जीत र एकमा हार व्यहोरेको नेपालले तीन अंक जोडेको छ ।

नेपालले अब जोर्डन र अस्ट्रेलियासँग खेल्न बाँकी छ । नेपाली टोली अस्ट्रेलियासँगको खेलपछि जोर्डन जानेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : ३३ बजे

भक्तपुर मालपोत कार्यालयबाट ११ जना विचौलिया पक्राउ

भक्तपुर – भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा विचौलिया प्रवेश

सञ्चार मन्त्रालयले भन्यो : हचुवाका भरमा भ्रामक सामग्री सार्वजनिक नगर्नू

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय विभिन्न

सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी