नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषका पदाधिकारीहरुलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ त्यसको समेत लेखाजोखा गर्न आग्रह गर्दै अनुदान दिएर मात्र नभई नीतिगत परिवर्तनमार्फत गरिबी उन्मूलन गराउन निर्देशन दिएका हुन् ।

कोषका उपाध्यक्ष निर्मल भट्टराईका अनुसार बैठकमा कोषलाई थिङ्क ट्याङ्कका रूपमा विकास गर्ने चालू आवका लागि ५ करोडको बजेट स्वीकृत गर्ने र विश्व बैंकको सहयोगमा सञ्चालित १९ अर्बको बजेटलाई पुनर्संरचना गरी स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १२ : ०० बजे

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ