नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषका पदाधिकारीहरुलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान सम्पन्न कोषको बैठकमा प्रधानमन्त्री ओलीले प्राप्त रकमको सदुपयोग वा दुरुपयोग के भइरहेको छ त्यसको समेत लेखाजोखा गर्न आग्रह गर्दै अनुदान दिएर मात्र नभई नीतिगत परिवर्तनमार्फत गरिबी उन्मूलन गराउन निर्देशन दिएका हुन् ।

कोषका उपाध्यक्ष निर्मल भट्टराईका अनुसार बैठकमा कोषलाई थिङ्क ट्याङ्कका रूपमा विकास गर्ने चालू आवका लागि ५ करोडको बजेट स्वीकृत गर्ने र विश्व बैंकको सहयोगमा सञ्चालित १९ अर्बको बजेटलाई पुनर्संरचना गरी स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १२ : ०० बजे

छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ

कास्की– पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित

कोशी र गण्डकीका केही स्थानमा भारी वर्षा !

काठमाडौं–  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको

एएफसी यु–२० महिला एसियन कप : नेपाल आज उत्तर कोरियासँग खेल्दै

काठमाडौं– नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । एएफसी

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

धरान– लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । 

आज गाईजात्रा पर्व : उपत्यकामा विशेष रौनक

काठमाडौं – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन