विप्लव समूहको ‘अड्डा’बाट ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद | Khabarhub Khabarhub

विप्लव समूहको ‘अड्डा’बाट ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रहरीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी समेतको टोलीले झापाको अर्जुनधारा नगरपालिका–१ मा एउटा घरमा लुकाएर राखिएको अवस्थामा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको जनाइएको छ ।

अर्जुनधारा नगरपालिका–१ शान्तिटोलका ६० वर्षीय लेखनाथ मिश्रको घरमा भण्डारण गरेर राखिएको अवस्थामा करिब २५ किलो विस्फोटक पदार्थ (हाइ एक्सप्लोसिभ एनईओ जेल–९०) बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

गत भदौ ३० गते विप्लव समूहका झापा जिल्ला सेक्रेटरी प्रविण मिश्रसहित ३ जना पक्राउ परेपछि उक्त विस्फोटक पदार्थ पत्ता लागेको प्रहरीले जनाएको छ ।

विप्लवका झापा जिल्ला सेक्रेटरी प्रविणले भारतबाट किरा मार्ने औषधि ल्याएको भन्दै आफ्ना नातेदार लेखनाथ मिश्रको घरमा राखेर गएका थिए ।

किरा मार्ने औषधि भनिएको पदार्थ राखेर गएको लामो समयसम्म पनि प्रविणहरु नआएपछि लेखनाथको पदार्थले उक्त पदार्थ केही दिन अगाडि मात्रै घर अगाडिको बारीमा खाल्डो खनेर गाडेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १२ : ३७ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन