विप्लव समूहको ‘अड्डा’बाट ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद « Khabarhub

विप्लव समूहको ‘अड्डा’बाट ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रहरीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी समेतको टोलीले झापाको अर्जुनधारा नगरपालिका–१ मा एउटा घरमा लुकाएर राखिएको अवस्थामा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको जनाइएको छ ।

अर्जुनधारा नगरपालिका–१ शान्तिटोलका ६० वर्षीय लेखनाथ मिश्रको घरमा भण्डारण गरेर राखिएको अवस्थामा करिब २५ किलो विस्फोटक पदार्थ (हाइ एक्सप्लोसिभ एनईओ जेल–९०) बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

गत भदौ ३० गते विप्लव समूहका झापा जिल्ला सेक्रेटरी प्रविण मिश्रसहित ३ जना पक्राउ परेपछि उक्त विस्फोटक पदार्थ पत्ता लागेको प्रहरीले जनाएको छ ।

विप्लवका झापा जिल्ला सेक्रेटरी प्रविणले भारतबाट किरा मार्ने औषधि ल्याएको भन्दै आफ्ना नातेदार लेखनाथ मिश्रको घरमा राखेर गएका थिए ।

किरा मार्ने औषधि भनिएको पदार्थ राखेर गएको लामो समयसम्म पनि प्रविणहरु नआएपछि लेखनाथको पदार्थले उक्त पदार्थ केही दिन अगाडि मात्रै घर अगाडिको बारीमा खाल्डो खनेर गाडेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १२ : ३७ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी