रोल्पामा बस खोलामा खस्यो, २ जनाको मृत्यु « Khabarhub

रोल्पामा बस खोलामा खस्यो, २ जनाको मृत्यु


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ मा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सुनिल स्मृति गाउँपालिका–३ रुइनिवाङस्थित जीप पार्कमा ब्याक गरेर मोड्ने क्रममा ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो ।

बस खोलामा खस्दा चालक २२ वर्षीय यमलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय सूर्यलाल जीएमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

रुइनिवाङबाट लुङ्ग्री गाउँपालिकातर्फ जान लागेको बस जीप पार्कमा ब्याक गरेर मोड्ने क्रममा खोलामा खसेको थियो ।

प्रहरीका अनुसार बसमा एक जना यात्रु मात्रै थिए । १ जना यात्रु र चालकसहितको बस खोलामा खसेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ३ : ०९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु