नेपाल दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ घोषित | Khabarhub Khabarhub

नेपाल दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ घोषित


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले सोमबार संघीय राजधानी काठमाडौंमा आयोजना गरेको समारोहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गरेका हुन् ।

नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा कार्यलाई सदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

सोमबारको घोषणासँगै नेपाल दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ भएको दाबी गरिएको छ । नेपालभन्दा २ दिन पछि (२ अक्टोबर) मा भारतले पनि आफूलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम छ ।

दक्षिण एसियामा सन् २००३ पछि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान शुरु भएको मानिन्छ । सन् २००३ को अक्टोबरमा बंगलादेशको ढाकामा दक्षिण एसियाका ८ वटा राष्ट्र नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सको खानेपानी तथा सरसफाई सञ्जालको संयुक्त बैठक बसेको थियो ।

त्यसपछि उक्त सञ्जालका बैठकहरु सन् २००६ को सेप्टेम्बरमा पाकिस्तानमा, सन् २००८ को नोभेम्बरमा भारतको दिल्लीमा, सन् २०११ को अप्रिलमा श्रीलंकामा बसेका थिए ।

दक्षिण एसियाली खानेपानी तथा सरसफाई सञ्जालको बैठकमा भएका निर्णयकै आधारमा नेपालले २०६८ सालमा सरसफाइ गुरुयोजना तयार गरी लागू गरेको थियो ।

उक्त योजना लागू भइसकेपछि तत्कालीन गाउँ विकास समिति (गाविस) र नगरपालिकासँगै जिल्लाहरुलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम शुरु भयो । पहिलोपटक खुला दिसामुक्त घोषणा भएको जिल्लामा कास्की पर्छ । कास्कीलाई २०६८ सालको असार १० गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ३ : ५६ बजे

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु