दशैंमा मासुको अभाव नहुने मन्त्री खनालको दाबी | Khabarhub Khabarhub

दशैंमा मासुको अभाव नहुने मन्त्री खनालको दाबी


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि तथा पशुपँक्षी विकास मन्त्री चक्रपाणि खनालले यसवर्षको दशैंमा मासुको अभाव नहुने दाबी गरेका छन् ।

दशैंका लागि खसी-बोका तथा च्याङ्ग्रा काठमाडौं भित्रिन थालेसँगै मन्त्री खनालले माछा मासुको अभाव नहुने दाबी गरेका हुन् ।

काठमाडौंमा बिचौलियाले कृत्रिम अभाव सिर्जना गर्न खोजे कालोबजारी ऐनअनुसार तत्काल कारवाही गरिने उनले चेतावनी दिए ।

मन्त्री खनालले दशैंमा मासुको अभाव हुने भन्ने उपभोक्तामा अनावश्यक हल्ला सिर्जना गरेकाले कालोबजारीलाई सलबलाउन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि, तथा पशुपक्षी विकास मन्त्रालयको संयुक्त अनुगमन समिति गठन गरिएको बताए ।

अष्टमीदेखि दशमीसम्म तीन दिन नेपालमा अधिक मासुको खपत हुने गरेको छ । जसमध्ये उपत्यकामा मात्र तीन दिनका लागि ३५ लाख खसी बोकाको खपत हुने अनुमान गरिएको छ ।

पशुसेवा विभागको तथ्याङ्कमा यसवर्ष उपत्यकामा छ लाख र उपत्यका बाहिर २७ लाख खसीबोका खपत हुने अनुमान छ । खसीबोका बाहेक, कुखुरा नौ लाख र राँगा १५ लाख किलो आवश्यक पर्छ ।

उत्पादनका हिसाबले राँगा एक लाख ७६ हजार, कुखुरा ५५ हजार मेट्रिक टन मासुका लागि तयारी अवस्थामा रहेको विभागले जनाएको छ, भने त्यसका अतिरिक्त खाद्य संस्थानले दुई हजार र निजी व्यवसायीले छ हजार भेडाच्याङ्ग्रा ल्याउने भएका छन् ।

व्यापारीले उपत्यकामा तराईका २२ जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ्, बाँके, बर्दिया, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङलगायतका जिल्लाबाट खसी बोका तथा मनाङ्, मुस्ताङ्, रसुवा तथा तिब्बत्बाट भेडाच्याङ्ग्रा बिक्रीका लागि ल्याउने गर्छन् ।

तीन दिन दशैँमा माछा, भेडाच्याङ्ग्रा, खरायो, हाँस, लौकाट, अष्ट्रिच, बङ्गुर, सुङ्गुर र बँदेलको मासु पनि खपत हुन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : १३ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ