दशैंमा मासुको अभाव नहुने मन्त्री खनालको दाबी « Khabarhub

दशैंमा मासुको अभाव नहुने मन्त्री खनालको दाबी


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि तथा पशुपँक्षी विकास मन्त्री चक्रपाणि खनालले यसवर्षको दशैंमा मासुको अभाव नहुने दाबी गरेका छन् ।

दशैंका लागि खसी-बोका तथा च्याङ्ग्रा काठमाडौं भित्रिन थालेसँगै मन्त्री खनालले माछा मासुको अभाव नहुने दाबी गरेका हुन् ।

काठमाडौंमा बिचौलियाले कृत्रिम अभाव सिर्जना गर्न खोजे कालोबजारी ऐनअनुसार तत्काल कारवाही गरिने उनले चेतावनी दिए ।

मन्त्री खनालले दशैंमा मासुको अभाव हुने भन्ने उपभोक्तामा अनावश्यक हल्ला सिर्जना गरेकाले कालोबजारीलाई सलबलाउन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि, तथा पशुपक्षी विकास मन्त्रालयको संयुक्त अनुगमन समिति गठन गरिएको बताए ।

अष्टमीदेखि दशमीसम्म तीन दिन नेपालमा अधिक मासुको खपत हुने गरेको छ । जसमध्ये उपत्यकामा मात्र तीन दिनका लागि ३५ लाख खसी बोकाको खपत हुने अनुमान गरिएको छ ।

पशुसेवा विभागको तथ्याङ्कमा यसवर्ष उपत्यकामा छ लाख र उपत्यका बाहिर २७ लाख खसीबोका खपत हुने अनुमान छ । खसीबोका बाहेक, कुखुरा नौ लाख र राँगा १५ लाख किलो आवश्यक पर्छ ।

उत्पादनका हिसाबले राँगा एक लाख ७६ हजार, कुखुरा ५५ हजार मेट्रिक टन मासुका लागि तयारी अवस्थामा रहेको विभागले जनाएको छ, भने त्यसका अतिरिक्त खाद्य संस्थानले दुई हजार र निजी व्यवसायीले छ हजार भेडाच्याङ्ग्रा ल्याउने भएका छन् ।

व्यापारीले उपत्यकामा तराईका २२ जिल्लालगायत सुर्खेत, सल्यान, रुकुम, दाङ्, बाँके, बर्दिया, सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङलगायतका जिल्लाबाट खसी बोका तथा मनाङ्, मुस्ताङ्, रसुवा तथा तिब्बत्बाट भेडाच्याङ्ग्रा बिक्रीका लागि ल्याउने गर्छन् ।

तीन दिन दशैँमा माछा, भेडाच्याङ्ग्रा, खरायो, हाँस, लौकाट, अष्ट्रिच, बङ्गुर, सुङ्गुर र बँदेलको मासु पनि खपत हुन्छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : १३ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग