प्रेम सम्बन्ध मजबुत बनाउने ७ तरिका « Khabarhub

प्रेम सम्बन्ध मजबुत बनाउने ७ तरिका


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हरेक प्रेम सम्बन्धमा उतारचढाव आइरहेको हुन्छ । प्रेम आफैमा विना स्वार्थ चल्ने गर्दछ । तर कहिलेकाहीँ प्रेममा सुझबुझ र एक अर्काको भावना नबुझिदिँदा प्रेम टुट्ने गर्दछ ।

कतिपय अवस्थामा महिलाको भावना कस्तो हुन्छ भनेर नजान्नाले पनि प्रेममा दरार आउने गर्दछ । त्यसले कोही पुरुष प्रेममा हुनुहुन्छ भने यी कुराको जानकारी राखेमा तपाईको प्रेमी तथा प्रेमिकासँगको सम्बन्ध अझै सुमधुर हुने गर्दछ ।

१. सबै मानिसलाई आफ्नो बारेमा अरुले राम्रो भनिदिउन् भन्ने चाहना हुन्छ । अझ महिलामा यो चाहना बढी मात्रामा हुने गर्दछ । यस्तोमा तपाई प्रेमीकासँगको भेट वा कुराकानीमा सकेसम्म उनको बखान गर्न नछुटाउनुहोस् ।

२. हरेक प्रेमीका आफ्नो प्रेमीले आफूलाई स्वतन्त्रता दिउन् भन्ने चाहानछन् । उनिहरु आफ्नो बारेमा प्रेमी उदार हुन् भन्ने सोच्दछन् । तसर्थ आफ्नी प्रेमीकालाई कुनै कुरामा बन्देज वा प्रतिबन्ध नलगाउनुहोस् ।

३. अधिकाशं महिलालाई साना कुराले पनि निकै प्रभाव पार्दछ । उनिहरु आफ्नो प्रेमीले प्रस्ताव गरेको, पहिलो पटक भेटेको लगायत अन्य दिनहरु सम्झिउन् भन्ने चाहान्छन् । तर पुरुष भने यस्ता मिति खासै ख्याल राख्दैनन् । जसले कहिलेकाहि तपाईको प्रेमिकाको मन खिन्न बनाउने गर्दछ ।

४. हरेक महिला आफ्नो प्रेमीले सघाउन् वा साथ दिउन् भन्ने चाहान्छन् । कार्यालयको काम, शैक्षिक बिषय वा घरायशि बिषयमा पनि प्रेमीको साथ होस् भन्ने उनीहरुको चाहाना हुन्छ । यसतोमा सघाउने वा साथ दिनाले तपाईकी प्रेमिका तपाई प्रति निकै सकारात्मक बन्ने गर्दछिन् ।

५. के तपाईले आफ्नो प्रेमिकालाई कहिल्यै सरप्राइज दिनु भएको छ । सरप्राइज दिन कुनै महंगो वस्तु वा उपलब्धि चाहिदैन । मात्र अरुले भन्दा फरक ढंगले उनलाई उपहार, कुनै निर्णय वा उपलब्धी सुनाउनु भयो भने यसले उनलाई सरप्राइज दिन सक्छ ।

६. प्रेम भनेको भावनामा निर्भर रहने गर्दछ । तर कतिपय अवस्थामा यसलाई प्रकट वा देखिने गरी बुझाइनु समेत पर्दछ । तसर्थ हरेक महिला आफ्नो प्रेमीले आफुहरु बिचको प्रेम प्रकट गरुन् वा देखाउन् भन्ने चाहान्छन् । जसले उनीहरु आफ्नो पुरुषका लागी महत्वपुर्ण छु भन्ने ठान्दछन् ।

७. कहिल्यै पनि आफ्नो प्रेमिकालाई अन्य महिला वा पूर्व प्रेमिकासंग तुलना नगर्नुहोस् । यसरी तुलना गर्नाले उनिहरु तपाईको नजरमा आफ्नो स्थान कम वा अरुको बढि छ भन्ने ठान्दछन् । तसर्थ कहिल्यै पनि प्रेमिकालाई कोहि कसैसंग तुलना नगर्नुहोस् ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : ०८ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या