विप्लव समूहले लुकाइ राखेको विस्फोटक पदार्थ बरामद « Khabarhub

विप्लव समूहले लुकाइ राखेको विस्फोटक पदार्थ बरामद


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर – झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरको कोठामा भण्डारण गरेर राखिएको २५ किलो विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले विस्फोटक पदार्थ भण्डारण गरेर राखेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले बरामद गरेको सोमबार विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

जुटको बोरामा लुकाइछिपाइ भण्डारण गरी राखेको अवस्थामा ‘हाइ एक्सप्लोसिभ’ लेखिएको २०५ लोला बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आइतबार राति बरामद गरिएको उक्त विस्फोटक पदार्थ २५ केजी रहेको छ । उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधि भनी चन्द समूहका झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इञ्चार्ज सुमनसिंह पौडेल, जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टीका पोखरेलले एक महिनाअघि स्थानीयको घरमा भण्डारण गरेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले दुई हप्ताअघि हातहतियारसहित पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राज्यविरुद्धको कसूर, जबर्जस्ती चन्दा असुली र सङ्गठित अपराधअन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : ३६ बजे

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२