सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप « Khabarhub

सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । संसद सचिवालयमै कार्यरत ती महिलाले सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

आइतबार साँझ आफ्नो कोठामा आएर सभामुख महराले रक्सीले मातिएर आफूमाथि अभद्र  र अश्लील हर्कत मच्चाएको ती महिलाले आरोप लगाएकी हुन् ।

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ कोठामा आएर यस्तो हर्कत गरेको आरोप लगाएकी हुन् ।

खबरहबसँग कुरा गर्दै सभामुख महराले आफूमाथि रिस पोख्न  यौन दुर्व्यवहारको आरोप लगाइएको बताएका छन् । सभामुख महराले भने, ‘उहाँले समायोजनको रीस पोख्नुभएको हो, उहाँले भनेजस्तो होइन ।’

सभामुख महराले आफूमाथिको आरोप निराधार भएको बताए । सभामुख महराको सचिवालयले भने सबै झुटो रहेको दाबी गरेको छ ।

महराको औपचारिक प्रतिक्रिया केहीबेरमा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : ४६ बजे

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी