सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप « Khabarhub

सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । संसद सचिवालयमै कार्यरत ती महिलाले सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

आइतबार साँझ आफ्नो कोठामा आएर सभामुख महराले रक्सीले मातिएर आफूमाथि अभद्र  र अश्लील हर्कत मच्चाएको ती महिलाले आरोप लगाएकी हुन् ।

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ कोठामा आएर यस्तो हर्कत गरेको आरोप लगाएकी हुन् ।

खबरहबसँग कुरा गर्दै सभामुख महराले आफूमाथि रिस पोख्न  यौन दुर्व्यवहारको आरोप लगाइएको बताएका छन् । सभामुख महराले भने, ‘उहाँले समायोजनको रीस पोख्नुभएको हो, उहाँले भनेजस्तो होइन ।’

सभामुख महराले आफूमाथिको आरोप निराधार भएको बताए । सभामुख महराको सचिवालयले भने सबै झुटो रहेको दाबी गरेको छ ।

महराको औपचारिक प्रतिक्रिया केहीबेरमा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ८ : ४६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु