युएईमा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु | Khabarhub Khabarhub

युएईमा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) मा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार बिहान ४ बजे ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको मिनिबस एक लरीसँग ठोक्किएर दुर्घटना भएको हो ।

१४ सिटे उक्त मिनिबस दुर्घटनामा मृत्यु हुनेमा ६ जना नेपालीका साथै एक–एक पाकिस्तानी र भारतीय नागरिक रहेको युएईको अनलाइन गल्फ न्यूजले उल्लेख गरेको छ ।

दुर्घटनामा नेपाली नागरिक रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको नेपाली दूतावासले जानकारी दिएको छ ।

उनीहरुको नेपालस्थित ठेगाना भने खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । घाइते हुनेमा एक बंगलादेशी र पाँच भारतीय नागरिक छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : ३५ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव